एक झोक्का हावा म उभिएनिर आयो,
यो चिसो सांझको महसुस मलाई गरायो,
जहाँ म उभिएको थिंए,
बादल माथि, धेरै टाढा
मेरो विस्वास अनि मेरो डरको दुरी भन्दा टाढा ।
यो चिसो सांझको महसुस मलाई गरायो,
जहाँ म उभिएको थिंए,
बादल माथि, धेरै टाढा
मेरो विस्वास अनि मेरो डरको दुरी भन्दा टाढा ।
मेरो कानको नजिकै आएर
केहि बोल्न खोजे जस्तो गर्यो,
मेरो अज्ञानतालाई निहाल्यो,
अलिकती टुक्क्रा मुस्कानको दिएर
मैले देख्ने भन्दा निकै टाढा बिलायो ।
केहि बोल्न खोजे जस्तो गर्यो,
मेरो अज्ञानतालाई निहाल्यो,
अलिकती टुक्क्रा मुस्कानको दिएर
मैले देख्ने भन्दा निकै टाढा बिलायो ।
म सँग केवल सन्नाटा मात्र बांकी थियो,
अनी मलाई महसुस गराउने कुराहरु,
मेरो मौनता आफै सँग बहस गर्न थाल्यो,
म हुनुको अस्तित्व सँग माफी मागे,
आफ्नो जीवन सँग न्याय नगरेकोमा,
आफैलाई वास्ता नगरी मरुभूमिमा,
शितल छाहारी खोज्दै दगुरेकोमा।
अनी मलाई महसुस गराउने कुराहरु,
मेरो मौनता आफै सँग बहस गर्न थाल्यो,
म हुनुको अस्तित्व सँग माफी मागे,
आफ्नो जीवन सँग न्याय नगरेकोमा,
आफैलाई वास्ता नगरी मरुभूमिमा,
शितल छाहारी खोज्दै दगुरेकोमा।
Comments
Post a Comment