मलाई के सिकाउंछौ पिडा मा रमाउन,
आंशु पिएर बाच्न मैले जानी सकें,
टेडो आंगनमा नाच्न मैले जानी सकें !
मलाई के सुनाउंछौ जिवन को आनन्द,
म त समय सँग कुस्ती खेल्ने हिम्मत राख्छु,
वास्तविक्ता लाई कुल्चिएर सपना को पछी भाग्छु !
मलाई के महसुस गराउंछौ एक्लोपन को पिंडा,
म त मरुभुमीमा पनि आफैलाई बोलाउंछु,
म त क्षितिज का जुन तारा सँग धेरैबेर टोलाउंछु !
तिमी मलाई उपकार किन गर्न खोज्छौ,
आफु उविएको धर्ती लाई सम्हाल,
जिन्दगी सधै समतल मैदान हैन,
म त चुनौती को भुमरी भित्र नाची सकें,
म त राम्रो मान्छे बन्दा बन्दै थाकी सकें !!

Comments
Post a Comment