Skip to main content

हेर्दा हेर्दै...

हेर्दा हेर्दै हराएछन् केहि साथहरु,
दोबाटोमै छुट्टिएछन् ती हातहरु,
आकाश हेरेर टोलाउँदा टोलाउँदै,
ननिदाई बितेछन् कति रातहरु,
लाग्दैछ जीन्दगीमा कुनै रङ्ग छैन,
भाग्य भन्दा अघि दगुरेको नि हैन,
हरियालीमा एकैछिन रमाउँदा रमाउँदै,
थाहै नपाई झरिगएछन् पातहरू !!

Comments