Skip to main content

Posts

Showing posts from February, 2016

मेरो कल्पनाको मरुभूमि

यो शहरको कोलाहल भन्दा धेरै टाढा एउटा मरुभूमि छ, मेरो कल्पनाको मरुभूमि, जहाँ म एक्लै यात्रा गर्न रुचाउँछु। धेरैजसो मेरो एक्लोपनको भारि बिसाउन म त्यहिँ पुग्ने गर्छु। मलाई रमाइलो लाग्छ, त्यो बतास संगै उड्ने धुलोका कणहरुसंग खेल्न। म धेरैजसो आफुलाई त्यहि धुलो सँग तुलना गर्छु। सायद त्यो धुलो पनि म जस्तै निरिह थियो, हावाको वेगले जता धकेल्यो उतै हुत्तिने, मलाई समयको वेगले हुत्ताए जस्तै। म त्यहि धुलोको ढिस्कोमा अडिएर टोलाइरहेको थिएँ। कतैबाट डरलाग्दो हुरी चले जस्तो आवाज आयो अनि म आत्तिएँ। "कस्तो लागि रहेछ?" म झस्किएँ। एउटा अनौठो अनुहार मसँग प्रश्न गरिरहेको थियो। त्यो अनुहार मेरो कुनै परिचित व्यक्तिको थिएन। म र मेरो अतितसँग जोडिएका सबै सम्झनाका पृष्ठभुमिहरु कोट्याउँदा पनि त्यो अनुहार कतै भेट्न सकिन। "तिमि को हौ" मलाई सोध्न मन लग्यो। तर म मौन बसिरहेँ। म त्यही बताससँग मस्कि मस्कि नाचिरहेको धुलोलाई हेरिरहेँ। "किन नबोलेको, भन न कस्तो लागिरहेको छ?" प्रश्न अझ लम्बिएर फेरि दोहोरियो। मलाई रिस उठीसकेको थियो। मैले उतिर हेरेर झर्किएको पाराले भने "तिमि को होउ? म तिमीला