Skip to main content

Posts

Showing posts from January, 2014

एक झोक्का हावा

एक झोक्का हावा म उभिएनिर आयो, यो चिसो सांझको महसुस मलाई गरायो, जहाँ म उभिएको थिंए, बादल माथि, धेरै टाढा मेरो विस्वास अनि मेरो डरको दुरी भन्दा टाढा । मेरो कानको नजिकै आएर केहि बोल्न खोजे जस्तो गर्‍यो, मेरो अज्ञानतालाई निहाल्यो, अलिकती टुक्क्रा मुस्कानको दिएर मैले देख्ने भन्दा निकै टाढा बिलायो । म सँग केवल सन्नाटा मात्र बांकी थियो, अनी मलाई महसुस गराउने कुराहरु, मेरो मौनता आफै सँग बहस गर्न थाल्यो, म हुनुको अस्तित्व सँग माफी मागे, आफ्नो जीवन सँग न्याय नगरेकोमा, आफैलाई वास्ता नगरी मरुभूमिमा, शितल छाहारी खोज्दै दगुरेकोमा।