आज धेरै दिन पछी मैले आकाश हेर्दैछु, बादलका टुक्राहरु हावाको दिशा संगै बगिरहेका छन, पन्छीहरु वतासको वेगलाई चुनौती दिंदै उडिरहेका छन, म यस्तै आकाशका दृश्य हेर्दै टोलाईरहेको छु, आकशका जुनतारा हरुले मलाई जिस्काए जस्तो लाग्छ, मेरो बिजोगमा अन्तरिक्ष्य रमाए जस्तो लाग्छ, मैले सम्झे, म त धर्ती मा पो छु, समयको गती संगै दगुर्दा मैले संसार देख्नै बिर्सेछु, संसार कती रमाइलो छ, थाहा पाउनै बिर्सेछु, म त धर्ती को धुलो पो भएछु !!