Skip to main content

Posts

Showing posts from January, 2013

थाकी सकें

मलाई के सिकाउंछौ पिडा मा रमाउन, आंशु पिएर बाच्न मैले जानी सकें, टेडो आंगनमा नाच्न मैले जानी सकें ! मलाई के सुनाउंछौ जिवन को आनन्द, म त समय सँग कुस्ती खेल्ने हिम्मत राख्छु, वास्तविक्ता लाई कुल्चिएर सपना को पछी भाग्छु ! मलाई के महसुस गराउंछौ एक्लोपन को पिंडा, म त मरुभुमीमा पनि आफैलाई बोलाउंछु, म त क्षितिज का जुन तारा सँग धेरैबेर टोलाउंछु ! तिमी मलाई उपकार किन गर्न खोज्छौ, आफु उविएको धर्ती लाई सम्हाल, जिन्दगी सधै समतल मैदान हैन, म त चुनौती को भुमरी भित्र नाची सकें, म त राम्रो मान्छे बन्दा बन्दै थाकी सकें !!