Skip to main content

Posts

Showing posts from March, 2024

यता कतै

यता कतै हाँगा हाँगामा सम्झना फुल्छ रे, यता कतै पात पातमा सुगन्ध झुल्छ रे, यता कतै थाकेका बटुवालाई आराम मिल्छ रे, यता कतै अपुरा कथालाई अन्जाम मिल्छ रे, यता कतै भरियालाई छायाँ मिल्छ रे, यता कतै मगन्ते लाई माया मिल्छ रे, यता कतै बनै भरि गुराँस फुल्छ रे, यता कतै मनै भरि गुराँस फुल्छ रे ..