Skip to main content

Posts

Showing posts from 2023

मिल्छ भने

मिल्छ भने आउनु कुनै दिन, जून मुनि एकैछिन बसौँला, याद खोतलेर अलिबेर, जूनकीरी झैँ रमाउँला, हल्का हुन्छ भने तिम्रो मन, झुट नै भएनी बोलौँला, कि माया कत्ती पनि लागेन, अलिकति टाढा हुँदा, यो मन कतै भागेन, यदि आएनौ भने त्यो दिन, आफुसँग मै झुट बोलौँला, कि तिम्रो माया कत्ती पनि लागेन, अलिकति तिमी टाढा हुँदा, यो मन कतै भागेन ...

बाबरी

बाबरी को एउटा पातमा, सुनसान जुनेली रातमा, नाचीरन्छ बिस्तारै, मन्द हावाको साथमा, पाइला पड्काउँदै गुज्रिन्छन्, बसाई सर्ने याद हरु, आउलान भनी कुरी बस्छ, छातीभरी छरेर बासना ...