Skip to main content

Posts

Showing posts from May, 2018

खै के ...

कता दगुर्दै छौ ? कुन चैं तारा, तिम्रो हात बाटै फुस्किएर आकाश तिर खस्यो र ? कुन चन्द्रमा खोज्दै छौ, जस्मा तिम्ले उमंगको रंग पोतेका थियौ। एकछिन अडिएर जमिनतिर हेर त, आफ्नै सपनाहरु कुल्चिएर दगुर्दै छौ। अत्ति भयो, अब एकैछिन भुइमै बस, अनि तिम्रो टाउको बोकेर हिड्ने, यो ज्यानलाई आराम देऊ, किन हतार गर्छौ, भोली फेरि उठेर दगुर्नु छँदै छ।।