ए जिन्दगी, एउटा कथा सुन्छस्, ल सुन्। हिजो राति एउटा सपना देखेँ । एउटा अँध्यारो कोठाको झ्यालनिर बसिरहेको थिएँ, जसको बाहिर जुनेली रातले कब्जा गरिसकेको थियो। टाढा टाढा सम्म सन्नाटा मात्रै थियो। सुनिन्थ्यो त केवल त्यो रातको शून्यताको आवाज जून मेरा सपनाभित्रका सपनाहरु बिथोल्न काफी थियो। कालो रातलाई सिरक बनाएर ओढेको धर्तिले सायद आकाशतीर हेरेर टोलाइरहेको थियो, मैले जस्तै। हामी दुबै त्यो जुनैजुनले ढाकेको आकाश हेर्दै टोलाउन थाल्यौँ। हेर्दा हेर्दै त्यो आकाशको निलोपनमा हराउन थालेँ। हराउँदै गर्दा मनका भित्ताहरूमा विचारका आँधिहरूले हिर्काउन थाले। मलाई समुन्द्र सबै भन्दा गहीरो लाग्थ्यो, तर यो आकाश त समुन्द्र भन्दा पनि गहीरो रहेछ। तेत्रा ताराहरु डुबाउन सक्ने आकाश, जुन अनि सूर्य पनी डुबाउन सक्ने आकाश। यो सबै ब्रम्हाण्ड डुबाउन सक्ने आकाश। साँच्चै कति गहीरो रहेछ आकाश, कहिले हेरेरै नसकिने, टाढा टाढा सम्म नीलो, सबै भन्दा गहीरो। तर तँलाई एउटा कुरा था छ? तँ त आकाश भन्दा पनी गहीरो रैछस्। यति गहीरो कि कहिले डुबेरै नसकिने। यति गहीरो कि तँ भित्र बोलिएका आवाजहरुको प्रतिध्वनि सम्म सुन्न नसकिने। यति गहीर...