Skip to main content

Posts

Showing posts from November, 2014

उ अनी उसैको वास्तविकता

उजेलिले उसको तस्वीर छुँदा, अँधेरिमा बसी मुस्कुराउँछ, संसार सबै घामले छेकिंदा, छाहारी खोज्दै हिंड्छ, घाम अस्ताउँदा पछुताउँछ, निदाउने बेला परिकल्पना गर्न थाल्छ, विशाल युद्धको तयारी गर्न लागे जस्तो, हिम्मतको टाउकोमै टेकेर चिच्याउँछ, विश्वले उसैको आवज सुन्ने जस्तो, अन्तरमनमै प्रफुल्ल हुन्छ, अनी निदाउने प्रयत्न गर्छ, डर लाग्दा अनुहारको बिचमा, आफ्नो वास्तविकता भेटाउँछ, बनावटी शाहस बटुल्दै, बाटो पन्छ्याउन खोज्छ, कल्पनामा रमाउने मान्छे, पातलो कोलाहलमै हराएर जान्छ !!