अन्जान भिडमा चम्किने त्यो कति राम्रो अनुहार, छातीमा नै घोची दिने धारिलो त्यो उनको नजर, संगै बसुँ संगै हासुँ मन भित्रको अर्को रहर, केहि भन्न खोजे जस्तो लोभ लाग्दो उनको अधर, कतै बाट लजाउँदै आएको त्यो एउटा सुवाश, उनलाई छोई मात्तिएर जिस्काउदैछ मलाई बतास, पातलो त्यो कम्मर उनको मिलेका ती दन्तलहर, उनिसंगै बिताउँ लाग्छ जीवनका हरेक प्रहर, पुर्णिमाको रात पनि कति सारो अंध्यारो भो, आकाशमा रमाउने जुन सायद धर्तिमा थ्यो, कल्पनामै भए पनि कोमल हात समाउँदा, संसार सारा भुली दिन्छु उनि संगै रमाउंदा, मस्किएर कैले कसो मतिर नै हेर्छिन उनि, जिस्किएर साथिसंग मेरै कुरा गर्छिन उनि, टोलाएर एकोहोरो उनी तिरै हेरिरहें, मुटु फुस्कि जाला भनी अंगालोले बेरिरहें !!