धेरै बेर अन्धकारमा टोलाईरहेँ, भित्तामा देखिने मधुरा अनुहारहरु लाई बोलाईरहेँ, अँध्यारोको गहिराइ जान्ने मनमा रहर जाग्यो, फेरी एकचोटी पुराना रहस्य खोतल्ने रहर जाग्यो, एकै छिन आफ्ना भाग्यका पानाहरु पल्टाउन थाँले, खिया लागेका मेरा रहरहरु टल्काउन थाँले, सपनाको पहाडमा उभिएको मेरो जिन्दगी, अनी पहाडको फेदमा घस्रीदै मेरा इछ्याहरु, अलिकती आफैलाई बिर्सिएर रमाउने कोसिश गरेँ, अलिकती रोएँ अनि फेरी हाँसेर आफ्नै खिल्ली उडाएँ, क्षितिजले म सँग केहि भन्न खोजे जस्तो लाग्यो, अन्तरिक्ष खुम्चिएर मेरो नजिक आए जस्तो लाग्यो, प्रकृतिको हरियाली सँग खुलेर रमाएँ, यो सानो खुशी संसारलाई सुनाउन जोडले कराएँ, आफ्नै आवजले मेरो निंद्रा बिथोलियो, खुम्चिएको आँध्यारो कानमा आई बोल्यो, तैँले बोलाउने अनुहारहरु हराएर गए, तेरा ईछ्या अनि भावनाहरु आफै सँग डराएर गए, जिउँदो लाश जस्तो अचेत भएर आकाश मुनी बसिरहेँ, अनी रातको मौनतालाई फेरी टोलाईरहेँ !!