जिन्दगीको यात्रामा धेरै हिडिंसकें, दिशाहीन बाटोमा धेरै टाढा सम्म्, फर्किएर हेर्दा गुलाब सरी फुलेको अतितको फुल, अगाडी हेर्दा अनकन्टार अंध्यारो, अलिकती उज्यालो देखेर रमाउने म, मरुभुमिमा एक्लो हतालिएं, पल्लो छेंउ जिन्दगीको पुगिने आशमा, बिस्तारै तर निरन्तर हिडिंरहे, खुशी देखिने अनुहार हरु धेरै भेटिए, भेटिएनन् दुखमा रमाउन जानेका हरु, तरिका सिकाउने हरु धेरै भेटिए, भेटिएनन् गरेर देखाउने हात हरु, डरलाग्दा घुम्टिहरुमा थुप्रै आशाहरु मरेका थिए, काँडाले घोच्ने डरमा अलि पर सरेका थिए, रातो बदल क्षितिजमा डुल्दै गर्दा, प्रश्नको ओहिरो मनमा उर्लियो, भविस्यको टुङ्गो नलाग्दै यात्रामा, अल्मलिएर कतै पूर्णविराम लाग्ने हो कि, मलाई छोडी मेरो इछ्या शक्ति, बिच बाटोमै बारालिने हो कि !!