रातको सुन्यतामा आकाश हेरी टोलाउंछु, अनी जुन तारा झर्ने बाटो कुरिरन्छु, सपनाको दरबार मनमनै सजाउँछु, तर उडाइदिन्छ सपना एक्लोपनको हुरीले ! आकाश बाट झर्दा पिडा क थोपाहरु, भन्द्छु ईश्वर तिमी कहाँ छौ, सांचिकै सुनिरहेकाछौ मेरो आवाज, वा भ्रम मा बांचिरहेका छन यि आँखा हरु ! मन मनै गुनगुनाउछु अनी आशा गर्छु, साधारण हैन जटिल जीवन नै देउ, तर जटिलता सँग लड्ने सामर्थ्य पनि देउ ! आडम्वर को शिखर हैन, चुनौतिको पहाड देउ, शाहनुभुती को पात्र हैन, विश्वाश अनी मानवता को उदाहरण बनाइ देउ !!